गिरीबन्धुको प्रष्टीकरण : सबै दलहरुको सहमतिमा चिया बगान सार्ने निर्णय भएको

giri-bandhu-tea-state

काठमाडौं / झापास्थित गिरीबन्धु टी-स्टेट प्रालिले चिया बगान सार्नेबारे स्पष्टीकरण दिएको छ । जग्गा सट्टापट्टाबारे अनावश्यक भ्रम र प्रचार गरिएको भन्दै गिरीबन्धु टी-स्टेट प्रालिले आज पत्रकार सम्मेलनमार्फत सबै दलहरुको सहमतिमा बगान सार्ने निर्णय भएको बताएको छ ।

बिर्तामोड बजारको तीव्र विकास र विस्तार, चिया बगान क्षेत्रमा बढ्दै गएको फोहोर मैला, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण जनताको दबाब र सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ ।

Advertisement:giri-bandhu-tea-state

यसबाहेक उसले २०३० सालमा मात्रै पूर्व-पश्चिम राजमार्ग निर्माण सम्पन्न भएको र गिरीबन्धु २०२० मै स्थापित भएकाले गिरी-बन्धु परिवारको निजी जग्गामा चिया बगानका लागि प्रचलित कानुनबमोजिम हदबन्दी पाएको स्पष्ट पारेको छ ।

कम्पनी स्थापना हुँदा पूर्व-पश्चिम राजमार्गको अवधारणासमेत नबनेको अवस्थामा अहिले महँगो जग्गा बेचेर सस्ता जग्गा खरिद गर्ने चलखेल भएको भन्दै गलत प्रचारवाजी नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :