खाद्य वस्तुमा चर्को मूल्यवृद्धि : राष्ट्र बैंक

काठमाडौँ / गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा चर्को मूल्यवृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत छ ।
गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत र मरमसलाको ८ दशमलव ९८ प्रतिशत छ ।
खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ७ दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७ दशमलव २५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७ दशमलव १३ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव २६, शिक्षाको ५ दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३ दशमलव ४६ प्रतिशतले बढेको छ। सञ्चार उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ४८ प्रतिशतले घटेको छ।
गत वैशाखमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३०, तराईको ४ दशमलव ३२, पहाडको ४ दशमलव ७० र हिमालको ४ दशमलव २२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस