कपिलवस्तुमा भएको सडक दुर्घटनामा एकको मृत्यु, आठ जना घाइते

वुटवल, २९ जेठ / कपिलवस्तुमा आज विहान गुडिरहेका पिकअप भ्यान र बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पिकअप भ्यान चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेत जादै गरेको बस र विपरित दिशाबाट आउदै गरेको पिक अप भ्यान आपसमा ठोक्किन पुगेका थिए ।
मंगलवार विहान करिब ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किन पुग्दा पिकअप भ्यान चालक कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएका छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्रविक्रम शाहीले दिएको जानकारीअनुसार दुर्घटनामा घाईत भएका ८ जनाको उद्धार गरी उपचारका लागि बुटवल पठाईएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनेवित्तिक्कै सुरक्षाकर्मी लगायतका टोली घटनास्थलमा पुग्दा बसको ठक्करबाट च्यापिएका पिकअप भ्यानका चालकको जीवित उद्धार हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु