गाँजाबाट बनेको झोला बोकेर बजेट प्रस्तुत, व्यवसायिक र कानूनी रुपमा खोल्ने तयारी

barshaman-pun-ganja

काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले गाँजाबाट बनेको झोला बोकेर आफूले बजेट प्रस्तुत गरेको जिकिर गर्दै त्यसलाई वैधानिकता दिनुपर्ने बताएका छन् ।

अर्थमन्त्री पुनले शुक्रवार प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’सम्बन्धी छलफलमा यस्तो बताएका हुन् ।

Advertisement:barshaman-pun-ganja

उनले जनताको सार्वभौम संसद्‍मा गाँजाको झोला छिर्न मिल्ने तर व्यवसायिक र कानूनी रुपमा खोल्न नमिल्ने भन्ने नहुने बताए । बजेटमा गाँजाको विषयमा किन व्यवस्था गरियो र सरकारले आगामी दिनमा कसरी कार्यान्वयन गर्छ भन्ने विषयमा उनले धारणा राखेका थिए ।

अर्थमन्त्री पुनले भने, ‘मैले यसपालि आगामी आर्थिक वर्षको बजेट नेपाली उत्पादनमा लैजाउँ भन्दा बजारमा अर्थ मन्त्रालयका कर्मचारी जाँदा नेपाली उत्पादनको ब्याग भेटियो । त्यो नेपाली गाँजा वा भङ्गो हो । त्यो गाँजाको फाइबर, अलिकति ऊन केही धागोहरु मिसिएर बनेको रहेछ ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application