जग्गाको अभिलेखिकरण अद्यावधिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

lekha-samiti

काठमाडौँ / सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाको सीमाङ्कनसहितको नक्साङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको सीमाङ्कनसहितको नक्साङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।

Advertisement:lekha-samiti

यसरी अद्यावधिक गर्दा सूचना प्रविधिको प्रयोग गर्न, तथ्य तथ्याङ्कमा शुद्धता कायम गर्न र समितिले उपलब्ध गराएको ढाँचामा उल्लेखित विवरण समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखिकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गरी व्यवस्थापन गराउन पनि समितिले निर्देशन दिएको छ। समितिले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गा सम्बन्धी पुराना अभिलेखहरुलाई संरक्षण गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

त्यसैगरी, जग्गाहरुको अभिलेखिकरण, प्रयोग र संरक्षणमा तीनै तह र संवद्ध निकायहरु बीच नीतिगत तथा समन्वयगत स्पष्टता कायम गराउन भनिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

समितिले सार्वजनिक तथा सरकारी जमिनहरुलाई कुनै पनि कारण दुरुपयोग हुनबाट रोक्न, अतिक्रमण, कब्जा र सार्वजनिक सम्पतीको दुरुपयोग गर्नेलाई यशाशीघ्र कारबाही गर्न पनि निर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application