उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक

काठमाडौं / शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन बुझाएको ६ वर्षपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक भएको छ। शिक्षा मन्त्री सुमना श्रेष्ठले आज उक्त प्रतिवेदन सार्वजनिक भएको जानकारी दिँदै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्रिपरिषद्को २०७५ असार ३२ को निर्णयबाट तत्कालीन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो ।
उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते सरकारलाई बुझाएको थियो ।
शिक्षामन्त्री श्रेष्ठले भनिन्, ‘आयोगका पदाधिकारीहरूसँग बिहिबार नै हामीले मन्त्रालयमा छलफल गरेर उहाँहरूको योगदानका लागि धन्यवाद व्यक्त गरेका थियौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो । उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस