मापसे गरी घरमा पेट्रोल छर्केर आगो लगाउँदा परिवारका पाँचै जना घाइते

kirtipur-burn-hospital-puspalal-medical-college-and-teaching-hospital

काठमाडौँ / काठमाडौँ महानगरपालिका-७ सरस्वतीनगर बस्ने एक व्यक्तिले पेट्रोल छर्केर आफ्नै घरमा आगो लगाएपछि घाइते भएका उनीसहित उनका परिवारका ५ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका ५ जनाको बर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

Advertisement:kirtipur-burn-hospital-puspalal-medical-college-and-teaching-hospital

सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा हुने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उनकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र ८ वर्षीया छोरी सुहानी सिंह घाइते भएका हुन् ।

घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको ५ देखि ७ प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार चावहिलस्थित आफ्नो तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहले गए राति श्रीमतीसँगको घरझगडाका क्रममा आगो लगाएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application