यातायात कार्यालय रौतहटबाट दुईजना बिचौलिया पक्राउ

yatayat-karyalaye-routahat

रौतहट / प्रहरीले यातायात कार्यालय रौतहटबाट दुईजना बिचौलियालाई पक्राउ गरेको छ ।

गौरको ट्रायल सेन्टरमा बिचौलियाले सवारी लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताइन् ।

Advertisement:yatayat-karyalaye-routahat

पक्राउ पर्नेमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका-१ बस्ने ४८ वर्षीय श्यामनारायण साह रहेका छन् ।

पक्राउ परेका दुवैजनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं बिचौलियाले लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने गरेको स्थानीयको भनाइ छ ।

प्रयोगात्मक परीक्षा पास गराइदिने भन्दै उनीहरूले एकजनाबाट १० देखि ३० हजार रुपैयाँ लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application