स्रोत नखुलेको एक करोड रुपैयाँ सहित एक जना पक्राउ

सुनसरी / सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ।
शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हो।
साथै प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ ।
उनलाई राजस्व अनुसन्धानको कार्यलय इटहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रारम्भीक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन नसकेको र सो रकम हुण्डीको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस