गाजामा खाँचो परेका नागरिकले पाएनन् सहायता: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले शुक्रबार गाजापट्टीमा अनुमति दिइएको सहायता खाँचोमा परेका नागरिकले नपाएको बताएको छ। राष्ट्रसंघले इजराइललाई कानूनी दायित्व पूरा गर्न आग्रह गरेको छ ।
‘हाल प्राप्त भइरहेको सहायता जनतामा पुगिरहेको छैन’, राष्ट्रसंघीय मानवीय एजेन्सी ओसिएचएका प्रवक्ता जेन्स लार्केले जेनेभामा पत्रकार सम्मेलनमा भने, ‘यो ठूलो समस्या हो ।’
उनले इजिप्ट र गाजाबीचको रफाह क्रसिङ मे ७ मा इजरायली सेनाले बन्द गरेदेखि घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा सहायताका लागि मुख्य प्रवेश विन्दु केरेम शालोम क्रसिङमा इजरायली अधिकारीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।
‘हामीले सहायता वितरण सहजीकरणका लागि कानूनअन्तर्गत इजरायली अधिकारीहरूको सीमामा नरोकिने भनेर जोड दिइरहेका छौँ’, लार्केले भने, ‘हामीलाई ड्रप-अफ प्वइन्टमा पुग्न सुरक्षित र निर्बाध पहुँच चाहिन्छ। हामी सबै पक्ष कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न चाहन्छौँ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस