तथ्याङ्कीय कार्यमा प्रभावकारी समन्वय प्रणालीको विकास जरुरी : मुख्यसचिव

dr-baikhuntha-aryal-mukhye-sachib

काठमाडौं / नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका छन् ।

बिहीवार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा उनले यस्तो बताएका हुन्।

Advertisement:dr-baikhuntha-aryal-mukhye-sachib

उनले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताए। उनले तथ्याङ्क निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणिकरण हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए।

उनले भने ‘संघीय, प्रादेशिक तथा स्थानीय तथ्याङ्क प्रणाली सुदृढीकरणका लागि आवश्यक पूर्वाधार तयार गर्ने भन्ने । हामीले के गर्‍यौँ त त्यो तथ्याङ्क प्रणाली सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्ने  त्यो एउटा पाटो त हो। तर हामीले तीन तहको जुन तथ्याङ्कहरु छन्, त्यसको शुद्धता परीक्षणको कुराहरुलाई शुद्धता र प्रमाणिकरणको कुराचाहीँ मुख्य हो कि अब। अर्को, तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुका बिच प्रभावकारी समन्वय प्रणाली विकास गर्ने। तथ्याङ्को प्रतिवेदन प्रकाशित भएको एक महिनापछि स्थानीय तहहरुले निकालेको प्रोफाइलमा डाटा फरक छ। यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

त्यस्तै, कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आगामी दिनमा दिगो विकास लक्ष्यसँग सम्बन्धित तथ्याङ्कको उत्पादन गर्नुपर्ने बताए।

उनले दशौँ वर्ष अघिको तथ्याङ्क प्रयोग गरिने गरेको भन्दै तथ्याङ्कलाई वैज्ञानिक र अनुमानयोग्य पनि बनाउन सक्नुपर्ने बताए। उनले प्रयोग नहुने खालको तथ्याङ्क निकालिरहनु आवश्यक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application