नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द

तातोखबर, काठमाडौं / टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ ।
स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने भएको थियो। तर वर्षा नरोकिएपछि खेल रद्द भएको हो।
वार्म अपको पहिलो खेलमा नेपालल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।
त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस