सिन्धुली बस दुर्घटना : बसमा ग्लोबल आइएमइ बैंकका कर्मचारी, २४ जना घाइते

तातोखबर, सिन्धुली/ सिन्धुलीको खुरकोट नजिकै बिहीवार साँझ ग्लोबल आइएमइ बैंकका कर्मचारी सवार बस दुर्घटना भएको जानकारी आएको छ ।
बर्दिबासको कार्यक्रम सकेर काठमाडौँ आउनेक्रममा उक्त बस दुर्घटनाग्रस्त हुँदा २८ मध्ये २४ जना घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ ।
सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले दिएको जानकारी अनुसार घाइतेहरु सबैलाई उपचारका लागि काठमाडौँ नै पठाइएको छ ।
बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको थियो ।
बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको थियो। गाडी घरमाथि पुगेर उत्तानो परेको थियो। दुर्घटनाबाट ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस