मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौँडा-भैँसे-भीमफेदी-काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो। सो दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपराह्न अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घाइते ५ जना मध्ये तीन जनाको उपचारका क्रममा हेटौँडामा ज्यान गएक प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मकवानपुर मनहरी-८ बेलुवा २६ वर्षीय अर्जुन नेपाली र उनका ३ महिनाकी छोरी अर्जिता रहेकी छिन् । मृतक एक जनाको भने सनाखत हुन सकेको छैन । घाइतेहरूको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु