कोन्ज्योसोम गाउँपालिका सहित अन्य ४ पालिकाको बेरुजु शून्य

konjoshom-rural-municipality

काठमाडौं / आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य रहेको छ । महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये जम्मा पाँचवटा पालिकाको बेरुजु शून्य छ ।

जस अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका पनि परेको छ।  गाउँपालिका अध्यक्ष कृष्णमान लामाकाअनुसार आफ्नो गाउँपालिका सधैँ आर्थिक पारदर्शितामा पहिलो रहेको दाबी गर्छन् ।

Advertisement:konjoshom-rural-municipality

उनले अन्य स्थानीय प्रतिनिधिलाई पनि आर्थिक सुशासनमा पारदर्शिता अपनाउन आग्रह गरे ।  बिनाशिर्षक बजेट खर्च गर्दा बेरुजु धेरै बढ्ने देखिन्छ। बेरुजु बढ्नु भनेको प्रशासनिक काम गर्न पालिका प्रमुखहरु असमर्थ हुनु भन्ने अर्थमा पनि हेर्न सकिन्छ ।

यो गाउँपालिकासहित ताप्लेजुङको पाथीभरा याङवरक, पाँचथरको याङवरक, काभ्रेको महाभारत र धादिङको बेनिघाट रोराङ गाउँपालिकाकाको बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् :