सहकारी प्रकरण : गृहमन्त्रीको नाम उल्लेख गर्नैपर्ने बटमलाइन बाट पछि हट्यो कांग्रेस

तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सांसद रमेश लेखकले सहकारी प्रकरणमा जसले गैरकानुनी रुपमा रकम लिएको छ छानबिन गरी उसमाथि कारबाहीको सिफारिस गर्ने भनेर स्पष्ट उल्लेख भएकाले गृहमन्त्री रवि लामिछानेको नाम नराखिएको बताएका छन् ।
गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नैपर्ने बटमलाइन बनाएको कांग्रेसले अन्त्यमा नाम उल्लेख नगरी सहमति जनाएपछि आज दलहरूबीचको सहमतिका आधारमा सहकारीका विषयमा संसदीय छानबीन समिति बनेको हो ।
उक्त विषयमा थप प्रष्ट पार्न कांग्रेसले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासामा लेखकले गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न भएमा त्यस्ता व्यक्तिमाथि छानबिन गरी कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिने छ भनेर स्पष्ट उल्लेख रहेकाले गृहमन्त्री लामिछाने संलग्न भए कारबाही हुने प्रतिक्रिया दिएका थिए ।
उनले भने, ‘जो पनि संलग्न छन्, उनीहरूमाथि कारबाहीको सिफारिस गरिने छ भन्ने भएपछि गृहमन्त्री रवि लामिछाने संलग्न देखिए कारबाही हुन्छ, अरु देखिए अरु पनि कारबाहीमा पर्छन् । नाम नलेखेर पनि जान सकिन्छ भनेर सहमतिमा पुगेका हौँ। सबै पार्टी यो विषयमा सहमत छौँ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस