छानबिन समिति गठनको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक बस्दै

prachand-deuwa-oli

काठमाडौं / सहकारी संस्थाको रकम हिनामिनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्दैछ। आइतबार बिहान बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

Advertisement:prachand-deuwa-oli

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बस्न लागेको जानकाी दिए ।

कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस् :