भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्न माग : प्रेम सुवाल

काठमाडौं / सांसद प्रेम सुवालले आव नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्नुपर्ने माग गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि शंसोधन पेश गर्दै उनले यस्तो बताएका हुन्।
उनले उक्त व्यवस्था गर्न संशोधन गर्नुपर्ने आवश्यक रहेकाे बताए। उनले भने,‘बुँदा १५ र २८ मा ठूलठूला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई मृत्युदण्ड दिने संविधान संशोधन गरिने छ भनेर उल्लेख गर्नुपर्छ।’
यस्तै,उनले बुँदा २० मा लघुबित्त, सहरकारी ठगी गर्नेहरूलाई जेल सजायको व्यवस्था गर्नुपर्ने,पाँच वर्षसम्म महंगी बढ्न नदिइने व्यवस्था लेख्नुपर्ने पनि माग गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस