जर्मन कपको उपाधि बायर लेभरकुजनलाई

काठमाडौं / बायर लेभरकुजनले जर्मन कप जितेको छ।
बर्लिनको ओलम्पिया स्टाडियनमा शनिबार राति सम्पन्न खेलमा काइसर स्लाउटर्नलाई १-० ले हराउँदै लेभरकुजनले उपाधि जितेको हो।
खेलको १६औँ मिनेटमा ग्रानिट जाकाको गोल नै निर्णायक बन्यो। ४४औँ मिनेटमा डिफेन्डर ओडिलोन कोसौनोउ दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभरकुजन १० खेलाडीमा सीमित भएको थियो।
तर, काइसर स्लाउटर्न खेलमा फर्किन सकेन। सन् १९९३ को फाइनलमा हर्था बर्लिनको रिजर्भ टिमलाई हराएको लेभरकुजनको यो दोस्रो जर्मन कप उपाधि हो। लेभरकुजनको सन् १९८८ मा यूईएफए कप पनि जितेको थियो।लेभरकुजनले अपराजित रहँदै बुन्डेसलिगा उपाधि जितेको थियो।
बुधबार डब्लिनमा भएको युरोपा लिगको फाइनलमा भने लेभरकुजन एटलान्टासँग ३-० ले पराजित हुँदै ५२औँ खेलमसम्मको अपराजित यात्रामा ब्रेक लागेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस