चिकित्सा शिक्षा आयोगको सिफारिसमा बंगलादेशले भर्ना लिने

तातोखबर, काठमाडौँ / बंगलादेश सरकारले उपलब्ध गराउने चिकित्सा शिक्षा, स्नातक तहको एमबीबीएस र बीडीएसको तर्फको छात्रवृत्ति कोटामा भएको नाम हेरफेर समस्या समाधान भएको छ ।
बंगलादेश सरकारले नेपालमा चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा उत्तीर्ण भएका र मेरिटको आधारमा सिफारिस भएका विद्यार्थीलाई नै छात्रवृत्ति कोटामा पढाउने पत्र नेपाल सरकारलाई पठाएसँगै उक्त समस्या समाधान भएको हो ।
बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बंगलादेश जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाएको थियो । अन्तिम सूचीमा भने १२ जनाको मात्रै नाम पर्न सफल भएको थियो । यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बंगलादेशी राजदूतसँग छलफल गरेकी थिइन् ।
परराष्ट्र मन्त्रालयले बंगलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बंगलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोटमार्फत नै चिकित्सा शिक्षा आयोगले सिफारिस गरेका विद्यार्थीलाई नै आफूहरूले पढाउने बंगलादेश सरकारले जनाएसँगै यो समस्या समाधान भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस