भारतमा बर्डफ्लु फैलियो धमाधम मार्न थालियो कुखुरा

पूर्वी भारतको झारखण्ड राज्यमा बर्डफ्लुको प्रकोपपछि स्थानीय अधिकारीहरूले धमाधम कुखुराहरू मार्न थालेका छन् । झारखण्डको राजधानी शहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले शतर्कता अपनाएका छन् ।
पशुपालन विभागका र्यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरुले जनाएका छन् । पोल्ट्री फार्ममा रहेका ४ हजार ३ सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस