दाजु भाउजूसहित सबैमाथि छानबिन गर्न तयार छौं : विश्वप्रकाश शर्मा

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका सबै नेतामाथि छानबिनका लागि तयार रहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई बिहीबार सम्बोधन गर्ने क्रममा शर्माले यस्तो बताएका हुन् ।
‘४६ सालपछि मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गर्न हामीले संसदमा प्रस्ताव नै लगेका छौं’ उनले भने, ‘कांग्रेस चलनचल्तीकाे भाषामा भन्दा दाजुभाउजू मामामाइजू काका भतिज सबैको छानबिन गर्न तयार छ ।’
आफूहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दोषी करार नगरेको भन्दै शर्माले संसदीय छानबिन समितिबाट त्यसको पुष्टि हुने पनि बताए ।
‘हामीले रविलाई दोषी भनेका छैनौं, निर्दोष नै हुनुहोला’ शर्माले भने, तर त्यसका लागि त छानबिन समिति बन्नुपर्यो नि ।’
गृहमन्त्रीले विदेशीलाई सूचना बेच्ने एजेन्टहरू संसदमा छन् भनेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने उनको जिकिर छ ।
‘म भोलि संसदमा बोलेर सभामुखलाई सोध्ने तयारीमा छु विदेशीलाई सूचना बेच्ने एजेन्ट संसदमा छन् भन्ने कुरामा तपाईं सहमत हो ? भनेर’ शर्माले भने, यदि हो भने को हो देखाउनुपर्यो र गृहमन्त्रीले गिरफ्तार गर्नुपर्छ । यदि होइन भने त्यस्तो संवेदनशील विषय संसदको रेकर्डबाट हटाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस