सिरोहियालाई जिल्ला अदालत धनुषामा पेश गरिँदै

kailash-sirohiya-dhanusha

जेठ ९, काठमाडौं / नागरिकता किर्ते मुद्दामा हिजो पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेश गरिँदैछ। काठमाडौंबाट हिजो समातेर प्रहरीले आज बिहान धनुषा पुर्‍याएर धनुषा प्रहरीको हिरासतमा उनलाई राखेको हो।

धनुषा स्थायी घर भएको भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएका सिरोहियाले फरक फरक २ वटा नागरिकता नम्बर प्रयोग गरेको आरोपमा प्रहरीले मंगलबार कान्तिपुरको प्रधान कार्यालय थापाथलीबाट समातेको थियो।

Advertisement:kailash-sirohiya-dhanusha

उनलाई आज कार्यालय खुलेपछि आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application