कैलाश सिरोहियालाई धनुषा पठाइयो, सहकारी बारे लेख्दा पक्राउ गरेको कान्तिपुरको आरोप

kailash-sirohiya-arrested

तातोखबर, काठमाडौँ /  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेपछि धनुषा पठाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै उनलाई पक्राउ गरेको थियो । उनलाई आजै थप अनुसन्धानका लागि जाहेरी दर्ता भएको जिल्ला धनुषा पठाइएको हो ।

Advertisement:kailash-sirohiya-arrested

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । जस अनुसार अनुमति पाएको केही घण्टामै उनि पक्राउ परेका थिए ।

यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो । सोही घटनाको अनुसन्धानका लागि जाहेरी परेको २३ दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको कान्तिपुर मार्फत अध्यक्ष सिरोहियाले जानकारी दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको कान्तिपुरले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application