बहुमतको दम्भमा आजै विश्वासको मत लिनु नौलो र दुःखदायी घटना : काँग्रेस

Ramesh-lekhak-press-meet

काठमाडौं / नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिनकुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको उनले  बताएका छन् । सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘आजको बैठकमा विपक्षी दलले पटक पटक बोल्न माग गरेका थियौँ तर सभामुखजीले बोल्न अवसर दिनुभएन। संसदमा सबैभन्दा पहिला बोल्नका लागि विपक्षी दलले प्राथमिकता पाउँछ। यो संसारभरको चलन हो। बोल्न नदिनुको पछि सत्ता पक्षको बहुमतको दम्भ छ। सत्तापक्षको निरंकुशताको मनोवृत्ति छ। यसले सरकार, लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको पुष्टि गरेको छ। यो परिस्थिति खेदजनक हो। लोकतन्त्र र संसदीय मूल्य र मान्यताविपरीत नजान सरकारलाई चेतावनी दिएका छौँ।’

Advertisement:Ramesh-lekhak-press-meet

उनले गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा स्वयं संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति बनाउन माग गरे

उनले नेपाली काँग्रेससहित संघीय संसदमा रहेका सबै विपक्षी दलहरुले लाखौँ नेपाली नागरिकको अर्बौं रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन बनाउन सरकार तयार नभएको बताए ।

उनले सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासीन र गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउन लोकतन्त्र, मूल्य मान्यता, परम्परा सबैलाई कमजोर गरेर केही ठगलाई बचाउन उद्धत भएको आरोप लगाए।

उनले भने, ‘नेपाली काँग्रेससहित संघीय संसदमा रहेका सबै विपक्षी दलहरुले लाखौँ नेपाली नागरिकको अर्बौं रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषय र त्यसमा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समितिको माग गरेका थियौँ । तर सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासिन र गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउन लोकतन्त्र, मूल्य मान्यता, परम्परा सबैलाई कमजोर गरेर केही ठगलाई बचाउन उद्धत भएको छ।’

उनले सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुनेगरी कारबाही अघि बढाएको बताए। उनले लोकतन्त्र र संसदीय मूल्य र मान्यताविपरीत नजान सरकारलाई चेतावनी दिए।

सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application