प्रधानमन्त्रीलाई भोलि विश्वासको मत दिन्छौँ : माधवकुमार नेपाल

तातोखबर, काठमाडौं / सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार (भोलि) चौथोपटक संसदमा विश्वासको मत लिँदै छन्।
अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । आईतबार पार्टी मुख्यालयमा सञ्चारकर्मीहरुलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न समेत आग्रह गरे। प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने उनले स्पष्ट पारे।
उनले भने, ‘भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ। त्यसमा कुनै दुविधा राख्न जरुरी छैन। किनभने हामी सरकारमा छौँ। यहाँ नैतिकताको प्रश्न खडा हुन्छ। त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन। त्यसैले मैले अघि भनेको थिए–नो इफ, नो बट। हामी मन्त्री छौँ। सरकारका सहभागी छौँ। त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौँ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस