राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी नदीजन्य पदार्थको उत्खनन

nawalparasi

नवलपरासी / नवलपरासीको सुनवल नगरपालिकाका स्थानीय खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ।

मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको स्थानीयले जनाएका छन् । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देख्न सकिन्छ ।

Advertisement:nawalparasi

जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोलालाई अमानतको नाममा विचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ। वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ।

धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा सयौँ टिप्परको लाइन दिनहुँ नै देखिन्छ। स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने, नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो। तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ। अवैध उत्खननले सिंचाई कुलोहरू समेत भासिन थालेको स्थानीय किसानको गुनासो छ।

नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीयवासी बताउछन्। जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षा याममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ। आयोजनालाई नगरले अमानतको नाममा खोला त जिम्मा दिएको छ तर विचौलियहरुले ढुवानीको जिम्मा पाएकाले आफ्नै घाटगद्दिमा लाएको पाइएको छ। व्यक्तिको नाममा समेत रसिद काटेको देख्न सकिन्छ। यस विषयमा  अनुगमानकारी निकाय मौन रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस् :