मकवानपुर कार दुर्घटना अपडेट : उपचारका क्रममा दुईजनाको मृत्यु

kantilokpath-car-accident

तातोखबर, काठमाडौं / मकवानपुरको कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह  र  मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, अर्का घाइते बारा निजगढ नगरपालिका- ६ बस्ने  ३० वर्षीय सन्दीप शाहको हेटौंडाको शहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

Advertisement:kantilokpath-car-accident

ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार  अनियन्त्रित भई  बकैया-१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application