सुनको भाउ १ लाख ४० हजार पुग्यो

तातोखबर, काठमाडौं / सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ।

आज प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। आज  छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement:

यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो। उक्त रेकर्ड मूल्य आज तोडिएको हो।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application