धरान-चतरा सडक खण्डमा स्कुटर दुर्घटना हुँदा मुडभरीको मृत्यु

तातोखबर, काठमाडौं / मकवानपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान-चतरा सडक खण्डमा भएको दुर्घटनामा हेटौंडा-१३ का ४५ वर्षीय केशवप्रसाद मुडभरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत हुन्। उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए।
ना ६६ प ९३०३ नम्बरको स्कुटर रड बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ। मुडभरीको अनुहार र टाउकोमा गहिरो चोट लागेको थियो। प्रहरीले राति नै घटनास्थलबाट ३ किलोमिटर उत्तरतर्फ भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्रि सडक खण्डमा रोकिराखेको ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको छ।
चालक फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस