पेट्रोलियम पदार्थको मुल्य घट्यो
तातोखबर, काठमाडौँ / पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ।
नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो।
घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले थाहाखबरलाई जानकारी दिए।
दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेल १५३ रुपैयाँमा किन्न पाइनेछ।
तेस्रो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय