म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते

म्याग्दी, बेनी / म्याग्दीको बेनी नगरपालिका-३, भकिम्ली हाडेखानी डाँडामा बुधबार (आज) दिउँसो तीन बजे ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।

जंगलबाट दाउरा लिएर फर्किदै गरेको बा १ त ६९४२ नम्बरको ट्याक्टर सडकदेखि करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

Advertisement:

दुर्घटनामा परी चालक कृष्ण किसान, रोहित पुन, लालबहादुर छन्त्याल, विजय किसान र पवन पुन घाइते भएका छन्। घाइतेहरूमध्ये चालक किसान र विजय किसान सोही नगरपालिका वडा नम्बर ६ डम्मराका हुन् भने अन्य तीनजना बेनी नगरपालिका-++३ भकिम्लीका बासिन्दा हुन्।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पताल ल्याइएको छ। घाइतेहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ। टाउको, नाक सहित शरीरका विभिन्न भागमा चोट लागेको छ।

ट्याक्टर टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ। दुर्घटनाको कारण अझै खुलेको छैन।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application