ग्लोबल आइएमई बैंक उत्कृष्ट बैंकका रुपमा सम्मानित

तातोखबर, काठमाडौँ / ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड मार्फत सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी ग्लोबल आइएमई बैंकलाई सम्मानित गरेको हो ।
विश्वसनियता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ लगायत मापदण्डका आधारमा ग्लोबल फाइनान्स म्यागाजिनले आफूलाई नेपालको उत्कृष्ट बैंक ठहर्याएको ग्लोबल आइएमईले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने नेपालकै पहिलो बैंक रहेको छ ।
ग्लोबल फाइनान्सबाट नेपालको उत्कृष्ट बैंकका रुपमा पाएको सम्मानले आगामी दिनमा रचनात्मक सेवा प्रदान गर्न थप उत्साह थपिएको बैंकले जनाएको छ।
म्यागाजिनले एसिया प्यासिफिक, अफ्रिका, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको छ।
हङकङको एचएसबीसी, अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन, मलेसियाको मे बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड, फिलिपिन्सको मेट्रो लगायतका बैंकहरु सम्मानित भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस