कांग्रेसले नीति तथा कार्यक्रमपछिको कुनै पनि कार्यसूची अघि बढ्न नदिने

जेठ १ , काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमपछिको कुनै पनि कार्यसूची अघि बढ्न नदिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने संसद् अवरोध नगर्ने निर्णय कांग्रेसले गरेको थियो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको उसले त्यसपछिका कार्यसूची भने अघि बढ्न नदिने निर्णय भएको हो । नीति कार्यक्रम प्रस्तुत सकिएपछि साँझ ६ बजे बस्ने दोस्रो बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका कार्यसूची समावेश छन् ।

Advertisement:

यस्तै विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पत्र र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेका छन् ।

तर कांग्रेसको अवरोधका कारण यी कार्यसूची प्रभावित हुने छाँट देखिएको छ भने नीति तथा कार्यक्रममाथिको छलफल पनि माग पुरा नभएसम्म कांग्रेसले चल्न नदिने भएको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application