नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै, कांग्रेसले नरोक्ने सहमति

तातोखबर, काठमाडौं / प्रमुख प्रतिपक्ष दल कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुन गैरहेको सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ।
सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको हो।
महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। भेटमा प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका थिए।
राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको हो। कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिँदै आएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
संयुक्त बैठकपश्चात् साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। साँझको बैठक भने अवरोध गर्ने कांग्रेसको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस