यसै हप्ता भित्रमा सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

Hikmat_Kumar_karki

काठमाडौं / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्ता भित्रमा सरकार विस्तार हुने बताएका छन् । सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार विस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार विस्तार गर्ने बताए ।

Advertisement:Hikmat_Kumar_karki

प्रदेशसभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका थिए । नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ रहे ।

मुख्‍यमन्त्री कार्कीले बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने कि राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए ।

उनले भने, ‘केही सैद्धान्तिक कुराहरु हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौं। जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ। जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ। नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ। त्यही अनुसार अघि बढ्नेछौँ। समयक्रममा सबैको सरकार बन्न पनि सक्छ। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, की राजीनामा दिनुपर्छ। कि अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ। यसमा हामी स्पष्ट छौँ।’

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले गरेको कुनै पनि फैसला आफूहरुले मान्ने बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application