पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

तातोखबर, काठमाडौं / पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेकाे विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका प्रहरीले जनाएको छ ।
उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस