दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु

तातोखबर, काठमाडौं / दक्षिण एसियाली महिला सम्मेलन आज आइतबार देखि ललितपुरमा शुरु हुँदैछ ।
” ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण ” सम्मेलनको मुख्य विषयवस्तु हुनेछन् । वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास छलफलको मुख्य विषय रहनेछन्।
नेपालमा पहिलो पटक हुन लागको सम्मेलनले दक्षिण एसियाली महिलाले सञ्चालन गरेको लघु, साना र मध्यमस्तरका व्यवसाय प्रवर्र्धन गर्ने, लैंगिक ‘डिजिटल ग्याप’लाई कम गर्न पुलको काम गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।
लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तनजस्ता विषयमा पनि सम्मेलनमा छलफल हुनेछ।
सम्मेलन जेठ १ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस