सहकारी ठगी गर्ने जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो : रवि लामिछाने

तातोखबर, काठमाडौं / गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको गम्भीर आरोप लगाएका छन्।
शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रश्न गरेका हुन्। उनले राईलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए। ‘यत्रो समस्या आउँदाआउँदै भगाएको किन? भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएका हुनाले हरसम्भव कोशिश भइरहेको छ?’, उनले भने, ‘केही प्रक्रिया पूरा गर्नुपर्छ। हामी निरन्तर कोशिशमा छौँ।’
राईलाई नेपाल ल्याउन मलेसियाका गृहमन्त्रीसँगआफूले छलफल गरेको उनले बताए। यसका लागि थप राजनीतिक र कूटनीतिक पहल आवश्यक रहेको तर्क उनले गरे। उनले भागेका मान्छेको मात्र उदाहरण नदिन आग्रह गर्दै पक्राउ पर्ने क्रम पनि बढेको दाबी गरे।
टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका वेला जीबी राईसँग सहकार्य गरेका र विभिन्न सहकारी ठगीमा उनको नाम समेत मुछिएका कारण अहिले चौतर्फी दबाब बढेको छ। राई लामिछानेकै संरक्षणमा रहेका आशंका पनि कतिपयले गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस