वैशाख ३१ गतेदेखि विशेष खोप अभियान संचालन हुँदै

काठमाडौँ / नियमित खोपअन्तर्गत ५ वर्षमुनिका बालबालिकाहरुले लगाउन छुटेकालाई विशेष खोप अभियान संचालन हुने भएको छ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मिएको १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई आगामी वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैअनुरुप नजिकैको स्वास्थ्य संस्थामा गई आ-आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
नेपालमा ५ वर्षमुनिका बालबालिकालाई क्षयरोगविरुद्ध बीसीजी‚ डीपीटी‚ हेप/बि-हिब‚ पोलियोको खोप‚ दादुरा-रुबेलाजस्ता रोगविरुद्धका सातवटा खोप नियमित खोपअन्तर्गत लगाइँदै आएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले २३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्धको बीसीजी खोप‚ डीपीटी‚ हेप/बि-हिब पोलियोको खोप‚ दादुरा-रुबेलाविरुद्धका लगाउनैपर्ने खोप ५ वर्षमा ४ प्रतिशत बालबालिकालाई नलगाइएको पाएको थियो।
यसरी नेपालमा पछिल्ला वर्षहरुमा नेपालमा बालबालिकामा लगाइने खोपको कभरेज घट्दो अवस्थामा रहेको हुँदा स्वास्थ्य मन्त्रालयले विशेष खोप अभियान संचालन गर्न लागेको हो।
यद्यपि यसअघि सन् २०१६ को यही सर्वेक्षणमा १ प्रतिशत बालबालिकाले मात्रै कुनै पनि खोप लगाएका थिएनन्। सन् २०११ मा ३ प्रतिशत, सन् २००६ मा ३ प्रतिशत, सन् २००१ मा १ प्रतिशत र सन् १९९६ मा २० प्रतिशतले कुनै पनि खोप लगाएका थिएनन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस