भैंसेपाटीका मासुपसलेले एउटा रूखको हाँगा काट्दा तिरे पाँच हजार जरिवाना

तातोखबर, ललितपुर / ललितपुरको भैंसेपाटीका एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत महानगरले पाँच हजार जरिवाना तिराएको छ।

महानगर प्रहरी गस्ती हिँडिरहेको अवस्थामा रूखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए।

Advertisement:

‘रूखको हाँगा काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला’, उनले भने‚ ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरू ठाउँमा पनि काट्न नदिन सचेत मात्र गराएका हौँ।’

महानगरले हालै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ।

fine lalitpur metro

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application