राष्ट्रपति चुरे–तराई मधेश संरक्षणका अधिकृत घुस लिएको आरोपमा पक्राउ

तातोखबर, काठमाडौं / राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका एक अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको हो।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले १ लाख २० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो।
उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने कार्यमा सेवाग्राहीसँग घुस मागेको सुचनाका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
घिमिरेका अनुसार प्रभात पालविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर १ लाख २० हजार रुपैयाँ बिगो कायम गरी कैद सजायको मागदाबीसहित शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस