९८ लाख हुन्डी कारोबारको रकमसहित सुन तस्करीका फरार व्यक्ति पक्राउ

तातोखबर, काठमाडौं / प्रहरीले हुन्डी कारोबारको ९८ लाखसहित दुई जनालाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनीहरु दुवै जना सुन तस्करीमा समेत संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement:

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application