बजेट तथा नीति कार्यक्रममा सुधार आवश्यक छ : भवानी राणा

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताएकी छिन्।
बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौँमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयक राष्ट्रिय सम्मेलमा बोल्दै राणाले यस्तो बताएकी हुन्।
पूर्वअध्यक्ष राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताइन्।
उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको जिकिर गरिन्। उनले अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गरिन्।
उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गरिन्। उनले अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस