NTC App - Ad

आज रास्वपा संसदीय दलको बैठक बस्दै

RSP Rastriya Swatantra Party Meeting

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दै छ । पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्नेछ ।

बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल केन्द्रित हुने उनले बताए ।

Advertisement:RSP Rastriya Swatantra Party Meeting

गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदैकांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ। अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको उसले समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको छ।

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :