तौलिहवा मालपोतका नासु घुससहित पक्राउ

Pakrau

२४ वैशाख, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका नायब सुब्बा नरहरि खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

Advertisement:Pakrau

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application