उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखियाे : शङ्कर पोखरेल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता छ भन्ने देखिएको बताएका छन्।
पार्टीको कीर्तिपुर नगर कमिटीको छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताएका हुन् । “देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ”, उनले भने ।
महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि सावित भएको बताए ।
यसैगरी उनले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा राखे ।
यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने धारणा पनि उनको थियो ।
एमाले केन्द्रीय सदस्य एवं कीर्तिपुर नगर इन्चार्ज सुरेन्द्र मानन्धरले आन्तरिक कमजोरीका कारण स्थानीय सरकारको नेतृत्व गर्ने अवसर गुमाउनुपरेको कुराबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस