राष्ट्रिय सभाकाे उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता

तातोखबर, काठमाडौं / राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। भोलिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ।
संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन्
फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ। गठबन्धनमा सहभागी दलको ३७ मत छ। जुन बहुमतका लागि पर्याप्त हुने छ। निर्वाचन कार्यक्रम अनुसार आजै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ। दर्ता भएका प्रस्तावलाई भोलिको बैठकमा निर्णायार्थ प्रस्तुत गरिने छ।
राष्ट्रिय सभामा हाल ५८ सदस्य छन्। नेकपा माओवादी केन्द्र का १७, नेपाली कांग्रेसका १६, नेकपा एमाले का १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई जना मनोनीत सदस्य छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस