कृष्णभीर दुर्घटना : जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ४ जना घाइते

तातोखबर, काठमाडौँ / धादिङको कृष्णभीरमा भएको दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते भएका छन्।
पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खानको हात फ्याक्चर भएको छ।
उनी विहानै सचिवायलका सदस्यसहित बर्दिया जान लागेका वेला गाडी दुर्घटना भएको हो। अर्को गाडीलाई जोगाउने क्रममा उनी चढेको गाडी भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।उनलाई ट्रमा सेन्टरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस