गुगलले सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने, ५ बजे प्रत्यक्ष प्रशारण

तातोखबर / आज (सोमवार) सूर्य र पृथ्वीको बीचबाट चन्द्रमा जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। गुगलले आजको सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने भएको छ।
प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरे सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ। सूर्य ४ मिनेटका लागि पूरै ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहनेछ।
तर आजको सूर्यग्रहण नेपाल, भारतलगायत एशियाली मुलुकहरूबाट देख्न सकिने छैन।
कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ।
अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सूर्यग्रहणसम्बन्धी प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे शुरु हुने प्रशारण करिब ३ घण्टा हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस